Banda Hadtal

March 7th, 2013

गीत

बन्द हड्ताल नगरौं
हामीलाई दु:ख लाग्छ
किनभने स्वदेशको
हामीलाई माया लाग्छ

बन्द हड्ताल गर्नु पनि
एउटा हिंसा हो
कसरी गर्ने यसको निदान
म्रिगतिष्णा भो

लाटो भनौंकि बाठो भनौं
हाम्रा देशका मान्छे
आफ्नै खुट्टामा बन्चरो हान्छन्
देशले अभागी ठान्छे

बन्द हड्ताल गरेर होईन
न्याय माग्नु पर्छ
जे गर्नु छिनोफानो
कलम मसीले गर्छ

देशलाई घाटा लाग्ने काम
हामीले गर्नु हुन्न
यस्तो गर्न हामीलाई
नैतिकताले दिन्न

बन्द हड्ताल गरेर
देशलाई रुवाऊन हुन्न
अमेरिकाले झैं चन्द्रमा छुन
हामी सिकौंन

Prem unutilize…

March 5th, 2013

गीत

श्रीमानज्यूको न्यानो माया
छोडी छोडी तिमी
बस्छ्यौ रे एक्लै
त्यहाँ घुमी घुमी

पैसा भए पुग्ने तिमीलाई
लोग्ने चाहिंदैन
आङ्ग कन्याए छारो ऊड्छ
कुरा होकि होईन

पैसा टिप्ने भए देखि
विहे केलाई गर्नु
समय त रोकिंदैन
एकदिन छ है मर्नु

यौवन हाम्रो अमूल्य छ
किन्दा पाइँदैन
भनी हिंड्दा लाज लाग्छ
पुन: फर्किंदैन

यस्ता पनि हुँदारहेछन्
हाम्रा श्रीमती
विदेश गाछन् भन्छन् रे
उनले मेरा पति

Naya Saal

January 1st, 2013

नयाँसाल २०१३

नयाँसाल नयाँसाल
मेरो नेपाल
सबैको भलो होस्
नदुखोस् कपाल

हामी सबै दाजुभाई
हामी दिदी-बहिनी
शुभकामना आपसमा
आदान-प्रदान गर्नी

स्वदेश र विदेशका
सबै नेपाली
नयाँसालमा हाँसिरहुन्
बाँडी खुशियाली

रिसराग द्देष छैन
नेपाली बीच हाम्रो
जुन पाटिमा रहे पनि
गरौं देशमा राम्रो

नयाँसाल नयाँसाल
२०१३ को साल
छाती भित्र जिवित रहोस्
हाम्रो नेपाल

Naya Sal…

January 1st, 2013

Kina manchhe dukhi hunchha..

November 24th, 2012

गीत

किन मान्छे दु:खी हुन्छ
कसरी ऊ सुखी हुन्छ
सुख दु:ख भन्ने क्या हो
मापदण्ड के हुन्छ

सुख दु:ख भन्ने कुरा
त्यो त मनको भावना हो
सबैजना सुखी होऊन्
भन्ने मेरो कामना हो

कोही आँशु झार्छन् हजुर
कोही हाँसिराख्छन्
कोही यस्ता हुन्छन् हजुर
दु:ख लुकाई बस्छन्

सहन सक्ने क्षेमता
ज-जसको हुन्छ
त्यही नै ठूलो भाग्य
पनि उसको हुन्छ

ज-जसले मिहिनेत गर्छ
बुद्दी पनि खियाऊँछ
त्यही मान्छे जिन्दगीमा
धेरै अगाडी बढ्छ

हात पनि चलाऊँ हामी
पाऊ पनि चलाऊँ
मुख पनि चलाऊँ हामी
नाऊँ पनि चलाऊँ

Fool chhunda…

November 24th, 2012

गीत

फूल छुँदा फूल कुमारी
सुन छुँदा सुन कुमारी
लौन मैले के गरौं
बोल्छे उसले नक्कल पारी

जाऊ भन्न सक्दिन
आऊ भन्न सक्दिन
मेरो मनै कमलो
लाग्छु म त आँशु चुहाऊन

हिरा छोए हिरै राम्रो
कीरा छोए कीरै
माया भन्ने कस्तो रहेछ
नभएनि पिरै

फूल फुल्दा फुलिदिन्छु
ओईलिंदा ओईलिदिन्छु
मगमग वासना चल्दा
त्यो पनि त सुँगिदिन्छु

बिताऊन गाह्रो भयो
यहाँ एक्लो जीवन
मनुश्यको चोला कस्तो
सम्हाल्न यो मन

आफू जस्तो संसारमा
कोही नहुने रहेछ
कस्तो जमाना थियो
कस्तो भएछ

jhyaoore Geet

November 22nd, 2012

गीत

गीत गाऊँदा ऊत्ताऊलो भईन्छकि
नाच्दाखेरी झन् सबै हाँस्छन् कि ?

कसैलाई लोकभाका चाहियो
आधुनिक गीतैमा रमाईयो

सोरठी र डेऊडामा नचाहियो
कौरा नाचमा झन् साह्रै भुलाईयो

झ्याऊरे नाच असाध्यै मन पर्छ
ऊठ्दै बस्दै भुँई कता भत्काऊँछ

चुड्का नाच्मा खैंजेरी बजाईयो
आँखा झिम्क्याई सै सै गरीयो

मुखमा पैसा राखेर दिईयो
मुखले नै टिपेर लिईयो

दोहोरी गीतमा असाध्यै झ्याइँ पर्छ
अहिले भरखर लैजाऊँला झैं गर्छ

मान्छे रुवायो सारङ्गी रेटेर
मेरै कथा व्यथालाई देखेर

Gajal

November 21st, 2012

गजल

आजकल मलाई जो देखेनी डर लाग्छ
माया गर्ने मायालु मात्र हो भर लाग्छ

नयाँ छँदा जो देखेनी बोल्न रहर लाग्छ
पूरानो भएपछि मित्रु पनि जहर लाग्छ

छोराछोरीको पालनपोषण गर्न कर लाग्छ
बाँकी मान्छे आजकाल किन पर लाग्छ

आजकल डायरीको दूधमा हो तर लाग्छ
त्यही तर नै आऊने तिजमा दर लाग्छ

पीपलुको चौतारीमा अर्को एउटा वर लाग्छ
हाम्रो घरको छानोमा सिरुपाते खर लाग्छ

Gajal

November 20th, 2012

गजल

साथी भनी पत्याएँ कुरा गर्दा मीठा
तर रहेछन् उनी गिट्ठा भन्दा तिता

उसलाई छाड नाकमा लाग्छ छिटा
आफैंलाई नोक्सान पढ्दाखेरी गिता

त्यस्तो छोरो जन्माऊने पनि पिता
मर्नु भन्दा पहिल्यै बनाईदेऊ चिता

अल्छि तिघ्रो स्वादे जिऊरो उ डिट्ठा
ठगेर खान पाऊने परेछ क्या चिट्ठा

चामलको गेडो छैन टिपनत सिता
कस्तो युग कोही हारा कोही जिता

बजार पर्‍यो सोतीपसल गाऊँ जीता
कसैको नाम रीता कसैको हो सीता

बूढो भाको छैन रे अझै छरे ठिटा
नापी जस्तै उ काट्छ कित्ता कित्ता

san-nanee

November 20th, 2012

गीत

हे सान्नानी ठूल्नानी
गाऊँ वेसी गर्दानी
लाज लाग्छ एउटा कुरा
तिमीलाई भन्ननी

हे भदौ लाग्दा मकै भाँच्ने
मङगसीर लाग्दा दाइँ
अगि पछि वन जाने सँगै
बस्तु हेर्नलाई

हे मङगसीर मास जताततै
परालको भारी
सानो छँदा तिमी हामी
खेल्थ्यौं लुकामारी

कहिले हामी घाँस काट्ने
कहिले माया साट्ने
स्कूल गाको भनिकन
बाबु-आमालाई ढाँट्ने

हे आजभोलिका केटाकेटि
सिनेमा हेर्न जान्छन्
बोलेर बोली साध्य छैन
खै के के भन्छन्

घरमा खान ढिंडो छैन
बाहिर नक्कल पार्छन्
आइप्याड र आइफोन चाहियो
घरमा हत्य हाल्छन्